आजदेखि सांसद ढाकाकुमारको स्थान रिक्त हुँदै, सभामुखले जानकारी गराउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको आजदेखि स्थान रिक्त हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनमा जानकारी गराउने भएका छन् । आजको प्रतिनिधिसभाको कार्यसूचीको पहिलो बुँदामा सभामुखले दलबाट निष्काशन गरेको सूचनाको जानकारी गराउने विषय रहेको छ ।
सभामुखले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ ९१० बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ (१) बमोजिम सभाको बैठकलाई जानकारी गराउने कार्यसूची रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सोही ऐनको दफा अनुसार पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई गत चैत ३० गते पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाँईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथि कारवाही गरेको थियो ।