उपचुनावमा राजावादीको बिजोग, सबै ठाउँमा जमानत जफत
काठमाडौँ । उपनिर्वाचन भएको चितवन–२, बारा २ र तनहुँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जमानत जफत भएको छ । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना तथा सङ्घीयता खारेजीको मुद्दा उठाउँदै आएको राप्रपाले उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा जमानत समेत जोगाउन सकेन ।
तनहुँ– १ मा रास्वपाका स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएका छन्। राप्रपाकी शोभा गुरुङले भने जम्मा २१८ मत मात्र पाएकी छन् ।
मङ्सिर ४ मा सम्पन्न आम चुनावमा राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ४८ मत पाएका थिए । यसरी, आम चुनावमा भन्दा उपचुनावमा तनहुँ– १ मा राप्रपाको २ हजार २३० मत घटेको छ ।
यस्तै, चितवन–२ मा पनि राप्रपाले आमचुनावको भन्दा ५ सय बढी मत गुमाएको छ ।
चितवन–२ मा रास्वपाका रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भए । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्। राप्रपाका जीवलाल पुरीले ३६१ मत मात्र पाएका छन्। आमनिर्वाचनमा राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याए थिए ।
यसरी जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुइ निर्वाचन क्षेत्रमा आमचुनावको भन्दा उल्लेख मत बढाउँदा राप्रपाको भने मत घटेको छ ।
बारा- २ मा पनि राप्रपाको मत घटेको छ । मङ्गलवार बिहान ११ बजेसम्मको मत गणनाअनुसार बारा–२ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले १३ हजार ८०४ मत पाउँदा जनमतका शिवचन्द्र कुशवाहाले ९२३१ मत ल्याएका छन् । यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ४७७ मत र रास्वपाका रमेश खरेलले २ हजार ३१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ५ सय ८६ मत पाउँदा राप्रपाका उम्मेदवार सोनालालप्रसाद साह तेलीले भने जम्मा ५३ मत पाएका छन् । गत आमचुनावमा पनि राप्रपाकै उम्मेदवार रहेका तेलीले ४६९ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल