आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

सीटी होटेलले बाँड्यो वैदेशिक तर्फको आईपीओ, कतिले पाए ?

मङ्गलबार, १२ वैशाख २०८०, १० : ४८
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ ।  सीटी होटेलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई बिक्री खुलाएको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्मका लागि आईपीओ बिक्री खुलाएको थियो । 

१ अर्ब ६७ करोड चुक्ता पुँजीको १० प्रतिशतका दरले सेयर बिक्री खुलाएको थियो । यसअनुसार कम्पनीले १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाउने निर्णय गरेको थियो । योमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुटाइएको थियो ।

यो सेयरमा १९ हजार ७७८ जनाले आवेदन दिएका थिए । उनीहरुले ५ लाख ६८ हजार ९० कित्ताको आवेदन माग गरेका थिए । कूल आवेदकमध्येबाट गोला प्रथाबाट १६ हजार ७४० जनाले १० कित्ताका दरले सेयर पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप