सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङको गायकी रुप : ‘गुइँठे’ र ‘धक्कुले’ चर्चामा

मङ्गलबार, १२ वैशाख २०८०, १० : १३
मङ्गलबार, १२ वैशाख २०८०

विराटनगर । कार्यपालिका बैठक बहिष्कार गरेर हैरान पारिरहेका वडाध्यक्षलाई लक्षित गर्दै धरानका प्रमुख हर्क साम्पाङले ‘गुइँठे’ शब्दले प्रहार गरेको धेरै भइसक्यो । त्यही कारण वडाध्यक्षहरुले साम्पाङलाई ‘धक्कुले’ उपमा दिएका छन् ।

धरानमा केही दिनयता ‘धक्कुले’ र ‘गुइँठे’ नामका पात्रबीच झैझगडा जारी छ । एकले अर्कोलाई अस्वीकार गर्दा धरानको विकास र समृद्धिमा बाधक त भइ नै रहेको छ, पालिकाको नियमित बजेट निर्माण प्रक्रिया र कार्यक्रम सम्पन्न गर्नै पनि समस्या भइरहेको छ ।

तर उपमहानगर प्रमुख हर्क साम्पाङले आफ्नो काममा अवरोध गर्नेहरुलाई लक्षित गर्दै यो एक सातामा गाएका दुई वटा गीत भने भाइरल नै बनेका छन् । साम्पाङले वडाध्यक्षहरुलाई लक्षित गर्दै गीतै बनाइदिए । जसको हरफ नै ‘गुइँठे गुइँठे गुई..गुई..ठे...., गुइँठे गुइँठे गुई..गुई..ठे... गुइँठे हो साथी गुइँठे...’ छ ।

गत वैशाख ४ गते राति व्यङ्ग्यात्मक ढंगले आफ्नो फेसबुक पेजमा लाइभमार्फत पोष्ट गरेको यो गीत २ लाख १७ हजारले हेरिसकेका छन् । उनले ‘लु खा...’ लेखेर पोष्ट गरेको गुइँठे गीत धेरैको मुखमा झुण्डिसकेको छ । गीतमा उनले आफूलाई काम गर्न नदिनेलाई ‘गुइँठे’ भनेर सम्बोधन गरेका छन् ।

उनको गीतमा खुट्टा तान्न छोडेर पाइप तान्न आउ बरु, झोला होइन साथी ढुंगा बोक भनेर काममा लाग्न आह्वान गरेका छन् ।

आफ्नो आलोचनाको साटो मिलेर श्रमदान गर्न आह्वान गर्दै गीतमार्फत उनले सुकिलो, मुकिलो बनेर फुर्सदमा हिँडिरहनु भन्दा धुलो, मैलो भएर काम गर्नु, फोहोर सफा गर्नु नै बेस भन्ने सन्देश पनि दिएका छन् ।

हेर्नुहोस् गीतको हरफहरु...

गुइँठे हो साथी गुइँठे...

गुइँठे हो.. साथी गुइँठे...

गुइँठे गुइँठे गुई..गुई..ठे

 

गुइँठे हो... साथी गुइँठे हेह.ह..

गुइँठे हो... साथी गुइँठे.

गुइँठे गुइँठे गुई..गुई..ठे

गुइँठे गुइँठे गुई..गुई..ठे

 

खुट्टा तान्न छोड बरु

पाइप तान्न आउ...

पाइप तान्न आउ न पाइप तान्न आउ

खुट्टा तान्न छोड बरु

भीर पाखामा पाइप तान्न आउ बरु पाइप तान्न आउ

झोला होइन साथी, ढुंगा बोक बगरै भरि बगरै भरि..

झोला होइन साथी... ढुंगा बोक बगरै भरि बगरै भरि..

गुइँठे हो... साथी गुइँठे हेह.ह..

गुइँठे हो... साथी गुइँठे.

गुइँठे गुइँठे गुई..गुई..ठे

गुइँठे गुइँठे गुई..गुई..ठे

आलोचना र विरोध किन गर्छौ तिमी

काम छैन तिम्रो.. आऊ नत्र श्रमदानमा आऊ..

मसँगै मिलेर एउटा गीत गाऊ

मसँगै मिलेर गीत गाऊ

गुइँठे हो... साथी गुइँठे हेह.ह..

गुइँठे हो... साथी गुइँठे.

गुइँठे गुइँठे गुई..गुई..ठे

गुइँठे गुइँठे गुई..गुई..ठे

 

फोकटमा के बोली हिँड्छौं

सुकिलो मुकिलो बनी फोकटमा के कुदी हिँड्छौं

धुस्रै, फुस्रै र असिन पसिन काम गर बरु

ढुंगा बोक्न आऊ, गिटी कुट्न आऊ, पाइप तान्न आऊ, बिरुवा रोप्दा पनि हुन्छ

फोहोर बोक्दा पनि हुन्छ, बाटो सफा गर्दा पनि हुन्छ...

गुइँठे हो... साथी गुइँठे हेह.ह..

गुइँठे हो... साथी गुइँठे.

गुइँठे गुइँठे गुई..गुई..ठे

गुइँठे गुइँठे गुई..गुई..ठे

गुइँठे.....

उनै साम्पाङले वैशाख ८ गते अर्को गीतमा संगीत भरेका छन् । जसको शीर्षक छ ‘छक्क पर्छु’ । दुई दिन अघि पोष्ट भएको यो गीत सामाजिक सञ्जाल फेसबुकमा ३ लाख ९४ हजारले हेरिसकेका छन् । धेरैले यसलाई सकारात्मक कमेन्ट गर्दै धोका दिनेहरुप्रति आक्रोश व्यक्त पनि गरेका छन् ।

साम्पाङले यो गीतमार्फत पनि आफ्नो कामको प्रचार गरिरहेका छन् भने काम गर्दा चारैतिरबाट मुद्दैमुद्दा खेप्नु परेको गुनासो गर्दै भन्छन्, ‘थुक्क.... छक्क पर्छु ।’

‘यसो गरे मुद्दा, उसो गरे मुद्दा, नुन नभएको देशमा दशथरीका कानुन, भगवान नै जानुन्’ भन्दै व्यङ्ग्य कसेका उनले आफूलाई मुद्दा हाल्नेलाई ‘बाँदर’को संज्ञा पनि दिएका छन् ।

हेर्नुहोस् उक्त गीतको हरफहरु...

‘छक्क पर्छु’

यता हे¥यो मुद्दा

उता हेरो मुद्दा

यसो गरे मुद्दा

उसो गरे मुद्दा

हन के पारा हो यो यस्तो

थुक्क ! छक्क पर्छु

नुन नभएको देशमा

दशथरीका कानुन

यो देशको कानुन

भगवान नै जानुन्

भगवान नै जानुन्

यता हे¥यो मुद्दा

उता हेरो मुद्दा

यसो गरे मुद्दा

उसो गरे मुद्दा

हन के सारो हो यो मुद्दा

थुक्क ! छक्क पर्छु

सास फेर्न त पाउँछु सरकार !

सार फेर्न त पाउँछु

कि सास फेर्दा पनि मुद्दा लाग्छ

छक्क पर्छु...

पानी खुवाउँदा मुद्दा

फ्याक्ट्री खोल्दा मुद्दा

ढुंगा बोक्छु मुद्दा

बिरुवा रोप्छु मुद्दा

हन के सारो यो मुद्दा हौ... के सारो मुद्दा

छक्क पर्छु...

यो मुद्दा हाल्ने कुन बाँदर रछ..

यो कुन बाँदर रछ...

यता हे¥यो मुद्दा

उता हेरो मुद्दा

यसो गरे मुद्दा

उसो गरे मुद्दा

हन के सारो हो यो मुद्दा

थुक्क ! छक्क पर्छु

मुद्दै, मुद्दा

अगाडि हे¥यो मुद्दा

बायाँ हे¥यो मुद्दा

पछाडि हे¥यो मुद्दा

तल हे¥यो मुद्दा

माथि हेर्दा मुद्दा

त्यही भएर थुक्क... छक्क पर्छु...

धरानमा ‘गुइँठे’ र ‘धक्कुले’बीच भइरहेको आरोप प्रत्यारोपबारे पत्रकार तथा विश्लेषक भवानी बरालले अर्को व्यङ्ग्य कसेका छन् । ‘धरान उपमहानगरपालिकामा यतिखेर गुँइठे (वडाध्यक्ष) र धक्कुले (नगर प्रमुख)बीच अपार भिडका साथ दन्तबझान चलेको छ । धक्कुलेले गुँइठे बोलको गीतमा स्वर संगीत पनि भरिसकेका छन् । उनकै गायकीमा गीत बेजोड भाइरल पनि भइसकेको छ । तर यो गीतलाई उनले गुँइठेहरुलाई मात्र एकहोरो सरापेकोले गुँइठेहरुको हुनसम्म मानमर्दन भएको छ,’ व्यङ्ग्य कस्दै बराल भन्छन्, ‘यसरी एकहोरो एकपक्षको मानमर्दन गरेर हुर्मत काढ्नु शोभनीय लाग्दैन । यसर्थ यहाँ सन्तुलन मिलाउन गुँइठे र धक्कुले दुबैको दोहोरी सम्बाद गिती कथामार्फत गर्ने कोसिस गरिएको छ । यो गिती सम्बादमा गोपाल योञ्जन र ज्ञानु राणाले गाएको च्याङ्बा है च्याङ्बा सुनसुन है मैच्याङ् बोलको गीतलाई रिमिक्स गरी गुँइठे र धक्कुले दुबैलाई बराबरी न्याय गरिएको छ ।’

बरालले यसो भन्दै आफ्नै सिर्जना गुइँठे र धक्कुलेको दोहोरी बनाइदिएका छन् । हेरौं उनको दोहोरीका हरफहरु...

धक्कुले

गुइँठे है गुइँठे,

सुन सुन है गुइँठे

धक्कुलेले आज क्या भन्छ, धक्कुलेले आज

जाम पाइप तान्न जाम,

जाम गिट्टी कुट्न जाम

जाम जाम जाम

गुइँठे

धक्कुले होइ धक्कुले,

सुनसुन है धक्कुले

गुइँठेले आज क्या भन्छ

जान्न पाइप तान्न,

जान्न गिट्टी कुट्न जान्न

जान्न जान्न जान्न

धक्कुले

पानीमा रामरो कोकाको,

निसाने, सर्दू, खर्दूको

खोला ढुङ्गा बालुवा क्या भन्ने,

निकान्न नपार रिसाको

चुनाउ खर्च नपार बैठकै बहिष्कार गर्दैछौं

तिमी र हामी मिले त, तिमी र हामी

धरानै धुइदिँदा झन् रामरो,

धरानै पखाल्दा झन् रामरो

गुइँठे

धक्कुले होइ धक्कुले,

सुनसुन है धक्कुले

गुइँठेले आज क्या भन्छ

जान्न पाइप तान्न, जान्न गिट्टी कुट्न जान्न

जान्न जान्न जान्न

पारटीमा हामरो कुल देउता,

पैसा चैं हामरो लछिमी देउता

बल्लबल्ल सदसे जितेको म एउटा,

हावामा जितेको तँ एउटा

ज्यान गए तँलाइ छोड्दैनौ, ज्यान गए तँलाइ

पार्टीको बचन तोड्दैनौ, पार्टीको बचन

तँलाइ हामरो पार्टीको, तँलाइ हामरो

जुवा नबोकाइ छोड्दैनौं

जुवा नबोकाइ छोड्दैनौ ।

बरालले लेखेका यी हरफहरुले पनि दुवैतर्फ राम्रै व्यंग्यवाण कसेको छ । तर, प्रमुख साम्पाङ र वडाध्यक्षहरुबीचको विवाद भने उत्कर्षतिर गइरहेको छ । विवादले उग्ररुप लिँदै जाँदा कार्यपालिकाको बैठक बस्न सकेको छैन भने कतिपय योजनाको कार्यान्वयन सही ढंगले भएको छैन ।

यस्तै आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण पनि प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप