सुडानमा ७२ घण्टाको युद्ध विराम, अहिलेसम्म ४०० जनाको मृत्यु

सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स युद्ध विराम गर्न सहमत भएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यसबारे जानकारी दिएका हुन् । सोमबार मध्यरातबाट युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले आ–आफ्ना तर्फबाट युद्ध विरामको घोषणा गरेका छन् ।
सेना र र्यापिड फोर्सबीच ४८ घण्टाको वार्तापछि युद्ध विराममा सहमति भएको ब्लिन्केनले बताएका छन् । सुडानमा यी दुईबीचको द्वन्द्वमा हालसम्म ४०० जनाको मृत्यु भइसकेको छ । गत अप्रिल १५ मा दुबैबीच झडप सुरु भई सशस्त्र द्वन्द्वमा परिणत भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा थप हिंसा बढे यो आगोले पूरा इलाकालाई आफ्नो चपोमा लिने चेतावनी दिएका थिए । आगोको ज्वाला बाहिर पनि फैलने उनले बताए ।
द्वन्द्व सुरु भए लगत्तै राजधानी खार्तुमबाट द्वन्द्व प्रभावित क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो । त्यहाँ अहिले खाद्यान्न र पानीको आपूर्ति ह्वात्तै घटेको छ ।
युद्ध विरामको घोषणापछि स्थितिमा केही सुधार आउने अपेक्षा गरिएको छ । युद्धविरामका क्रममा खानेपानीको पाइपलगायत महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।
खानेपानीको पाइप बिग्रिएपछि जनता नाइल नदीको पानी सिधै पिउन बाध्य छन् ।
युद्ध विरामको घोषणापछि यहाँबाट सकुशल निस्किने आशा जनतामा छ । यसअघि धेरै देशले आफ्ना कूटनीतिज्ञ र अन्य कर्मचारीलाई त्यहाँबाट निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चारै प्रहर पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४-४ को बराबरीमा टुंगियो खेल