अक्षर पटेलको 'डबल' प्रहार, दिल्लीसँग हैदरावादको हार

हैदरावाद । आईपीएलको अर्को रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ७ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि पनि दिल्ली अंक तालिकामा भने पुछारमा रहेको छ । त्यसको ठीकमाथि हैदरावाद रहेको छ
‘लो स्कोरिङ’ खेलमा पहिलो इनिङ्सदेखि नै बलरको वर्चस्व थियो। हैदराबादको राजीव गान्धी स्टेडियममा दिल्लीका कप्तान डेभिड वार्नरले टस जितेर पहिले ब्याटिङ रोजे । मैदानमा ब्याटिङ गर्न आएको दिल्लीको टोलीले ९ विकेट गुमाएर १४४ रन बनायो । दिल्लीका लागि अक्षर पटेल र मनिष पाण्डेले समान ३४–३४ रन बनाए । मिचेल मार्सले २५ र डेभिड वार्नरले २१ रनको योगदान दिए । हैदरावादका लागि वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
जवाफमा सनराइजर्स हैदरावादले बलियो सुरुवात गर्यो । कुनै समय टोलीले सहजै लक्ष्य हासिल गर्ने देखिएको थियो तर अन्त्यसम्म हैदरावाद ७ रनले पछाडि पर्यो । मयंक अग्रवालले ४९ र हेनरिच क्लासनले ३१ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । वासिङ्टन सुन्दर २४ रनमा नटआउट रहे । दिल्लीका लागि पटेल र एनरिच नोर्टजेले २–२ विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड