बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने - मेरो रचनात्मक सहयोग रहन्छ

मङ्गलबार, १२ वैशाख २०८०, ०८ : ४६
मङ्गलबार, १२ वैशाख २०८०

प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तगर्तत तनहुँ १ बाट  विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । 

मंगलबार  बिहान सामाजिक सञ्लमार्फत् वाग्लेलाई बधाई दिँदै भट्टराईले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताए ।

 ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ,’ उनले लेखेका छन् । 


भट्टराईले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा वाग्लेले चाहेमा रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहने बताए । ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहने छु’ भट्टराईले लेखेका छन्, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’ 

उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल सावित हुन शुभकामना पनि दिए । तनहुँ १ मा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप