फोटोफिचर
फ्लाई दुबईमा प्राविधिक समस्या भएसँगै विमानस्थलमा तनाव (तस्बिरहरु)
सोमबार, ११ वैशाख २०८०, २३ : ०२
_Z7a7vrzAUf.jpg)
काठमाडौँ । सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा प्राविधिक समस्या आएसँगै विमानस्थलमा तनाव देखियो । जहाजको इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपछि विमानस्थल वरिपरि सर्वसाधारणको भीड लाग्यो । विमानस्थलका गेटमा सुरक्षाकर्मी समेत तनाव देखिन्थे ।
केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको छ । जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रिमियर लिगमा बर्नमथ विजयी
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी