त्रिभुवन विमानस्थल
उडिरहेको जहाजमा प्राविधिक समस्या, असामान्य झिल्कासहित आवाज निस्कियो
सोमबार, ११ वैशाख २०८०, २१ : ३२

काठमाडौँ । उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।
त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ । जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ।
उक्त जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास भइरहेको विमानस्थलका प्रमुख प्रकाशबाबु तिवारीले बताए । फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको उनको भनाइ छ ।
उनका अनुसार विमानस्थलमा दमकल परिचालन गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको प्रमुख तिवारीले जानकारी दिए ।
१२० विदेशी र ४९ जना नेपाली यात्रु बोकेको फ्लाई दुबईको जहाजमा समस्या देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?