मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

वायु प्रदूषणबारे चेतना फैल्याउन सेभ द चिल्ड्रेनको ‘साथी’अभियान

सोमबार, ११ वैशाख २०८०, २१ : ०२
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । वायु प्रदूषणबारे नेपालभर जनचेतना फैल्याउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले ‘साथी’अभियान चलाउने भएको छ ।  

साथी अर्थात भालु आकारको सेतोटेडि बियर लिएर अभियन्ताहरु ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् ।

विश्वमा नेपालको राजधानी काठमाडौँ ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत भएपछि सो अभियान चलाएको जनाइएको छ । सेभ द चिल्ड्रेनले पृथ्वी दिवसको अवसर पारेर देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो । यो अभियानमा अन्य संघसंस्था र बालबालिका तथा युवा अभियन्ताको साथ रहने सेभ द चिल्ड्रेनले जनाएको छ ।

अभियानले नेपालभरका मानिसलाई वायु प्रदूषणबारे जानकारी दिन सहयोग पुग्ने बताइएको छ । सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलका अनुसार साथी एयर बियर वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतीक हो । 

यसले बढ्दै गरेको प्रदूषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्यमाथि खेलबाड गरिरहेको छ र किन सचेत हुनुपर्छ भन्नेबारे झकझकाउने उनको भनाइ छ । 

६ महिनाको अवधिमा चार मिटर(१२ फिट)अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्र मादि–गो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाइने जनाएको छ । यस्तै विद्युतीय सवारी साधनले वायु प्रदूषण गर्दैन भन्ने बुझाउन  विद्युतीय सवारीको प्रयोग गरिने छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप