उपेन्द्र यादवको प्रभाव क्षेत्रमा बोनस पाएँ : शिवचन्द्र कुशवाहा
सोमबार, ११ वैशाख २०८०, १८ : ४७

बारा । जनमत पार्टीबाट बारा २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले जसपाका अध्यक्ष उपेन्द्र यादवको प्रभाव रहेको क्षेत्रमा आफूले बोनस पाएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचनको मतगणना जारी रहँदा रातोपाटीसँग कुरा गर्दै उनले अहिले उपेन्द्र यादवको अग्रता रहेपनि अन्त्यमा आफ्नो जित हुने दाबी गरेका हुन् ।
उनले मतगणना भइरहेको करैयामाई गाउँपालिकामा आफ्नो प्रभाव नभएपनि राम्रो मत पाएको बताए । करैयामाईमा मतगणना सकिएपछि मतपरिणाममा परिवर्तन आउने उनले बताए । अन्तिममा आफ्नो पक्षमा मतपरिणाम आउने उनको दाबी छ ।