दक्षिण एसियाली राष्ट्रमा अन्तरव्यवस्थापिका संघ बनाउन खोजेका छौं : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताए । उनले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग सङ्गठन (सार्क) क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद् दक्षिण पूर्वी एसियाली मुलुकहरूको अन्तरव्यवस्थापिका सङ्घ (आइकाओ)को पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताए । उनले यस्ता अन्तरव्यवस्थापिका सङ्घमा आबद्ध हुँदा ती देशका व्यवस्थापिका सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान हुने तथा त्यसले सङ्घमा आबद्ध देशहरूका बीचमा आपसी सहकार्यलाई समेत बढाउने विश्वास व्यक्त गरे ।
अर्को प्रसङ्गमा भौगोलिकरूपमा सानो भए पनि देश जातीय, भाषिक, सांस्कृतिक मात्रै नभई जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरूका पर्यटकहरूलाई नेपाल स्वागत गर्न आतुर रहेको पनि उल्लेख गरे ।
सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतङ्कवादको विरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराएका थिए ।
अध्यक्ष तिमिल्सिनासँग आजै सेन्ट पिर्टसबर्ग सिटीको व्यस्थापकीय सभाका अध्यक्ष अलेक्जेन्डर ब्लेस्कीले पनि शिष्टचार भेट गरेको उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत