काम नपाउँदा चिन्तित थिए कन्नड अभिनेताः घरमा भेटियो शव, एक वर्ष अघि भएको थियो विवाह

कन्नड अभिनेता सम्पथ जे रामको अचानक मृत्यु भएको छ । सम्पथलाई आफ्नो बेंगलुरुस्थित घरमा मृत भेटियो । प्रहरीले उनले आत्महत्या गरेको आशंका जताएका छन् । ३५ वर्षका सम्पथको शव २२ अप्रिलमा उनको नेलामंगलास्थित घरमा भेटिएको प्रहरीले जनाएको छ ।
सम्पथ काम नपाएका कारण चिन्तामा थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ । मृत्युको कारणबारे परिवारले अहिलेसम्म कुनै बयान जारी गरेको छैन । नेलामंगलाका एक निजी अस्पतालमा उनलाई लगिएको थियो । त्यसपछि उनको पार्थिव शरीरलाई उनको गाउँमा लगियो ।
भारतीय सञ्चार माध्यमका अनुसार अभिनेताको एक वर्ष अघि मात्रै विवाह भएको थियो । रिपोर्टलाई विश्वास गर्ने हो भने कामको प्रस्ताव नआएका कारण उनी मानसिक तनावमा थिए । सम्पथले ‘अग्निसाक्षी’ का साथै फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा काम गरेका थिए । उनीसँगै काम गरिसकेका अभिनेता विजय सूर्या र राजेश ध्रुवले सम्पथको मृत्युमा शोक व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प