‘सनक’का लागि गायक बादशाहले मागे माफी, के हो पुरा घटना ?
सोमबार, ११ वैशाख २०८०, १६ : २७

र्यापर बादशाहले आफ्नो गीत ‘सनक’का लागि माफी मागेका छन् । उनले इन्स्टाग्राममा लेखेको पोस्टमा आफूले अनजानमा कसैलाई चोट पुर्याउने सोच्न पनि नसक्ने बताएका छन् ।
उनको यो गीतलाई लिएर विवाद बढ्दै गइरहेको थियो । बादशाहले आफू सधैँ आफ्ना गीतमा संवेदनशील हुने कोसिस गरेको बताएका छन् ।
एक महिनाअघि रिलिज भएको ‘सनक’ गीतलाई बादशाहको युट्युब च्यानलमा २२ लाखभन्दा बढी पटक हेरिएको छ ।
समाचार एजेन्सी एएनएआईका अनुसार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरका पुजारीले यस गीतका केही शब्दलाई लिएर आपत्ति जनाएका थिए ।
र्यापरले आफूले गीतमा परिवर्तन गर्दै नयाँ संस्करण सबै डिजिटल प्लेटफर्ममा राख्न लागेको बताएका छन् । यो परिवर्तन च्यानलमा आउन समय लाग्न सक्ने पनि गायक बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा