नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।
मूलपानी क्रिकेट मैदानमा सोमबार हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।
यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ । कतारले भने अङ्क जोड्न सकेको छैन ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती
-
नेमकिपाको अध्यक्षमा विजुच्छेँ सर्वसम्मत चयन
-
श्रममन्त्रीसँग जापानीज राजदूतको भेट, दक्ष नेपाली कामदार लैजाने विषयमा छलफल
-
दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
-
चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन