घट्दै डलरको बजार, बंगलादेशले पनि भारुमा वैदेशिक व्यापार गर्ने

काठमाडौँ । पछिल्लो समय विश्वभरका देशहरूले अमेरिकी डलरको कारोबार घटाउँदै लगेको समयमा बंगलादेशले पनि निर्भरता घटाउने नीति लिएको छ । यसअघि नै चीनको युआनमा कारोबार गर्ने निर्णय गरिसकेको बंगलादेशले अब भारुमा कारोबार गर्ने नीति अघि बढाएको हो ।
यो नीतिअनुसार भारतसँग हुने सम्पूर्ण वैदेशिक व्यापारको भुक्तानी भारुतीय रुपैयाँमा हुनेछ । भारत र बंगलादेशका प्रतिनिधिहरुले गरेको सम्झौताअनुसार दुई देशबीच भारुमा कारोबार हुन कम्तीमा ६ महिना लाग्छ । त्यसपछि, २ देशबीचको व्यापारमा प्रयोग हुने डलरको स्थान भारुले लिन्छ ।
बंगलादेश बैंकका कार्यकारी निर्देशक मेजबाउल हंकले बंगलादेश र भारतबीचको व्यापार भारुमा गर्न ६ महिना लाग्ने बताए । उनले दुई देशका प्रतिनिधिबीच सैद्धान्तिक सहमती भइसकेको र यसको प्रक्रिया अघि बढाइएको बताए ।
यो सम्झौता गर्न यही अप्रिलमा भारतका प्रतिनिधिमण्डल बंगलादेश पुगेका थिए । दुई देशबीचको व्यापार भारुमा गर्नका लागि बंगलादेशका सोनाली र इस्र्टन बैंक सामेल हुन्छन भने भारतका स्टेट बैंक अफ इण्डिया र आईसीआईसीआई बैंक सामेल हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?