अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो । ‘मुलुकको अर्थतन्त्र हाल जोखिमा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकूल असर पर्ने कानूनी व्यवस्था नगर्न अनुरोध गर्दछौं,’ भेटमा मल्लले भने ।
चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ ।
सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए । ‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ,’ उनले भने, ‘तर अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरुलाई विश्वास दिलाउँछु ।’ सभामुखले विषयगत समितिहरु गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरु दिन कमर्श पदाधिकारीको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने