सुनको भन्सार दर भारतको भन्दा न्यून छ, बढाउनुपर्छ : महालेखा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने उल्लेख गरेको छ । महालेखाले आफ्नो २० औं प्रतिवेदनमा छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने उल्लेख गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार २०७७/७८ मा २७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार ९४४.५ किलोग्राम सुन आयात भएको थियो । उक्त परिणामको सुन आयात हुँदा ३ अर्ब ३५ करोड रुपैयाँ राजश्व उठेको थियो ।
यस्तै, २०७८–७९ मा ५ हजार ११३ किलोग्राम सुन ४२ अर्ब ७० करोड रुपैयाँमा आयात भएको थियो । यो वर्ष सुनको आयातबापत राज्यले ४ अर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । नेपाल सरकारले सुनको आयातमा प्रतिग्राम ८५० अर्थात मूल्यको १० प्रतिशतको हाराहारीमा रहेको छ । जबकी, भारतमा सुनको भन्सार महसुल दर १८.५ प्रतिशत रहेको छ ।
यही विषयमा प्रश्न उठाउँदै महालेखाले नेपालमा हुने सुन खपत सम्बन्धमा पर्याप्त अध्ययन विश्लेषण समेत नभएको र सुन व्यवसायीले बैङ्कमार्फत् खरिद तथा अन्य माध्यमबाट खरिद बिक्री भएको सुनको अभिलेख नराखेकोले यसको उपयोगमा पारदर्शिता समेत नदेखिएको उल्लेख गरेको छ । यस्तै, सरकारले सुन आयातमा लाग्ने भन्सारदर समेत बढाउनुपर्ने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद