राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
![राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन](https://npcdn.ratopati.com/media/news/Film-Development-Board-(1)_FqIZLDCUIq.jpg)
काठमाडौँ । चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुबाट आवेदन माग गरेको छ । आइतवार प्रकाशित सूचनामा बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्त भित्रका फिल्मले आवेदन दिन सक्ने बताएको हो । बोर्डले विशेष चलचित्रको आवेदन पनि माग गरेको छ ।
राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भई प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमा भित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० बैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने प्रवक्ता बुढाथोकीको भनाई रहेको छ । विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३–३ वटा चलचित्रहरु गरी ६ वटा घोषणा हुनेछन् ।
कला, संस्कृति, रहनसहन, परम्परा, मानवीय समवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरुपमा योगदान पुर्याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको प्रवक्ता बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाधामप्रति श्रद्धालुका अनेक विश्वास
-
निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार
-
दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव
-
ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली
-
वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
-
खानेपानी मन्त्रालयमा आगलागीबाट जलेका सामानहरू निकालिँदै (तस्बिरहरू)