मतगणना
बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय
सोमबार, ११ वैशाख २०८०, ०९ : ४७

बारा । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्बर ८ बाट शुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।