स्वर्णिम वाग्लेको अग्रता कायमै, सर्वेन्द्र खनाल तेस्रो स्थानमा

तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३४२२ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १५९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १०९० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
जसमा नेकपा समाजवादीका उम्मेदवार गणेश श्रेष्ठले हालसम्मको मतगणनाअनुसार जम्मा १ मत पाएका छन् । यस्तै नेमकिपाका रामप्रसाद पराजुलीले २ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले १३ मत पाएका छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १३ मत पाउँदा राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले पनि १३ मत पाएका छन् । यसैगरी राप्रपाका शोभा गुरुङले २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत