उपनिर्वाचन
तनहुँ–१ मा मतगणना सुरु
सोमबार, ११ वैशाख २०८०, ०० : ३५

तनहुँ । तनहुँ १ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु भएको हो । । निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना सुरु भएको हो ।
निर्वाचन क्षेत्रका ६९ वटा मतदान स्थलमा रहेका १५२ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेको थियो । बैठक सकिएको केहीबेरपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एक घण्टाको फरकमा मतपरिणाम अध्यावधिक गरिँदै जाने बताइएको छ ।
आइतबार भएको उपनिर्वाचनमा त्यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। सो क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन्। तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार