उपनिर्वाचन
बारा–२ को मतपेटिका संकलन लगभग सकियो, सोमबारमात्रै मतगणना गर्ने तयारी
आइतबार, १० वैशाख २०८०, २३ : ०१
![बारा–२ को मतपेटिका संकलन लगभग सकियो, सोमबारमात्रै मतगणना गर्ने तयारी](https://npcdn.ratopati.com/media/news/by-election_VOhNhobUrj.jpg)
बारा । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका लगभग संकलन सकिएको भएपनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
उनका अनुसार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको छ । त्यसपछि सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने छ । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।