तनहुँमा मतपेटिका संकलन गर्न करिब ५ घण्टा लाग्ने
पोखरा । तनहुँमा ६३ हजार ७ सय ५७ मत (५१.७ प्रतिशत) खसेको छ । आइतबार भएको प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सकिएको हो ।
निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो । आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ ।
प्रमुख ढकालका अनुसार मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको छ । ‘अहिलेसम्म २५ वटा केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ । अरु ठाउँबाट पनि मतपेटिका आउने क्रम जारी छ । राति १२ बज्छ,’ ढकालले भने ।
जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजकुमार विकका अनुसार मतपेटिका मतदान केन्द्रबाट सुरक्षितसाथ ल्याउन काम भइरहेको छ ।
‘मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा ल्याउने काम भइरहेको छ । देवघाटतिरबाट आउन अझै ४÷५ घण्टा लाग्छ,’ उनले भने, ‘राति १२ बजेसम्म संकलन गर्न लाग्छ । यसपछि राजनीतिक दलहरुको संयुक्त बैठक बसेर मत गन्ने प्रक्रिया अगाडि बढ्छ ।’
निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । ‘भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लाग्छ । यसपछि मात्र गणना थाल्छौं,’ प्रमुख ढकालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना