फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार सुरु
आइतबार, १० वैशाख २०८०, १६ : २६

पेरिस । फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ ।
सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ ।
मन्त्रालयले थप विवरण नदिई “द्रुत निकासी अभियान” सुरु गरेको र युरोपेली नागरिक र “सम्बन्धित साझेदार देश”का मानिसलाई पनि उद्धार कार्यमा सहयोग गरिने बताएको छ ।-(रासस/एएफपी)