एसिसी प्रिमियर कप : ओमनले मलेसियालाई हरायो
काठमाडौँ । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।
ओमनका लागि जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनले एक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित एक सय एक रनको योगदान गरेका हुन । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए ।
बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई/दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल
-
‘नेपालले अब ग्लोबल साउथको डिप्लोमेशीलाई प्राथमिकता दिनुपर्छ’
-
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार