काठमाडौँ । दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा केही घण्टा मतदान रोकिन पुग्यो । मतदान रोकिएपछि केही मतदाताले आफूहरुले मत खसाल्न पाउनुपर्ने भन्दै मतदानको व्यवस्था मिलाउन मागसहित नाराबाजी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएको थियो ।
पछि सर्वदलीय बैठक बसेर मतदान सुचारु गर्न सहमति जुटेको थियो ।
प्रतिक्रिया