ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

लिस्बन । पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न "तेस्रो बाटो रोज्नु" आवश्यक रहेको शनिबार बताएका छन् ।
"म कसैलाई खुसी पार्न चाहन्न । म दुई (रुस र युक्रेन) लाई वार्ता निम्ति टेबलमा ल्याउने बाटो बनाउन चाहन्छु," लुलाले भने ।
राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पोर्चुगल–ब्राजिल शिखर वार्ताको मुद्दा लिएर पहिलो पटक युरोप भ्रमणमा निस्कनु भएका राष्ट्रपति लुलाले शुक्रबार लिस्बन पुगेर सो टिप्पणी गरेका हुन् ।
यी दुई देशले शिक्षा, न्याय, स्वास्थ्य जस्ता क्षेत्रहरूलाई समेट्दै विभिन्न १३ विषयमा द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
संयुक्त घोषणामा, लुला र उनका पोर्तुगाली समकक्ष मार्सेलो रेबेलो डे सुसाले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघ बडापत्र र द्वन्द्वको शान्तिपूर्ण समाधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिए ।
उक्त घोषणामा पोर्चुगल र ब्राजिलले टर्कि र संयुक्त राष्ट्रसंघद्वारा मध्यस्थता गरिएको ब्ल्याक सी ग्रेन इनिसिएटिभलाई समर्थन गर्ने र जुलाई २०२२ मा रुस र युक्रेनले अनाज र मल निर्यातको लागि समुद्री मानवीय कोरिडोर स्थापना गर्न हस्ताक्षर गरेको विषय समेटिएका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते