गण्डकीमा मंगलबार मात्र नयाँ सरकार बन्ने
_X5qp0oLqMf.jpg)
काठमाडौं । गण्डकी प्रदेशले मंगलबार मात्र नयाँ सरकार पाउने भएको छ । शनिबार एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएर ढलेपछि गण्डकीमा नयाँ सरकार बन्ने भएको हो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङ आइतबार काठमाडौंबाट पोखरा जाँदैछन् । कांग्रेस सांसद विन्दुकुमार थापाका अनुसार सोमबार गठबन्धनले सरकार निर्माणको प्रक्रिया सुरु गर्ने छ ।
उनले रातोपाटीसँग भने, ‘आज प्रदेश प्रमुखज्यू पोखरा आउँदै हुनुहुन्छ । सोमबार सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ । मंगलबार मुख्यमन्त्रीको सपथ हुन्छ ।’ नयाँ सरकार संविधानको धारा १६८ को २ वा ३ अनुसार बनाउने भन्नेमा अन्योलता देखिन्छ । मुख्यमन्त्री अधिकारीले राजीनामा नदिएर विश्वासको मत लिएपछि संविधानको धारा १६८ को ३ मा जानुपर्ने केही कानुनविद्धको तर्क रहेको थापाको भनाइ छ ।
‘राजीनामा दिएको भए संविधानको धारा १६८ को २ अनुसार सरकार बन्ने हो । विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ को ३ मा जान्छ । नेपाली कांग्रेसर्कै नेतृत्वमा सरकार बन्छ भन्ने पनि छ,’ उनी भन्छन् । तर प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वानमा निर्भर रहेको उनको भनाइ छ । ‘प्रदेश प्रमुखज्यूले कुन धारा अनुसार सरकार गठनका लागि आह्वान गर्नुहुन्छ । त्यसमा भर पर्छ,’ थापाले भने, ‘यद्यपि हामी आफैले बहुमत पुर्याएर प्रदेश प्रमुख समक्ष पेस गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
संविधानको कुन धारा अनुसार सरकार बनाउने भन्नेबारे सोमबार प्रस्ट हुने उनले बताए । उनले भने, ‘संविधानको कुन धाराअनुसार सरकार बनाउने भन्नेबारे सोमबार टुंगिएपछि मंगलबार सरकार बन्छ । त्यही दिन सम्भवतः सानो आकारको मन्त्रिपरिषद बन्छ होला ।’ गठबन्धनमा गण्डकी प्रदेश सरकारको नेतृत्वमा कांग्रेस र माओवादीको दाबी छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले पहिलो चरण आफूले नेृतृत्व गर्ने कांग्रेसको तयारी छ । गण्डकीमा अहिलेसम्म माओवादी केन्द्रका सरकार बन्न नसकेको भन्दै माओवादीले पनि पहिलो चरण नेतृत्वको दाबी गरेको छ । नेता थापाका अनुसार सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविक भएपनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ । उनले भने, ‘केन्द्रका निर्देशनअनुसार हामी अगाडि बढ्ने हो । केन्द्रले कसरी टुंग्याउँछ हेरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु