तलब माग्दै भजनीका स्वास्थ्यकर्मी अनिश्चितकालीन धर्नामा

धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन विरोध तथा धर्ना सुरु गरेका छन् । स्थायी स्वास्थ्यकर्मीहरुले तलब भत्ता यथाशीघ्र व्यवस्था गर्न माग गर्नुपर्नेलगायत माग गर्दै आइतबारदेखि विरोध तथा धर्ना कार्यक्रम सुरु गरेका हुन् ।
स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धनलगायत प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने, आगामी आवको तलब भत्ताको व्यवस्था अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीहरूलाई हाल कामकाज गरिरहेकै स्थानमा पदस्थापन गर्नुपर्ने लगायत माग राखेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले माघदेखि तलब भत्ता नपाएको बताउँदै विरोध स्वरूप पालिकालाई चैत ४ गते ज्ञापन पत्र बुझाएको बताए । नगरपालिकाले केही महिनाको लागि तलब भत्ता व्यवस्था गर्ने आश्वासन दिएको तर कुनै पहल नभएपछि अनिश्चितकालीन धर्ना सुरु गरेको बताए ।
भजनीमा ४० जना स्थानीय स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले आकस्मिक सेवा, प्रसूति सेवाबाहेक सेवा बन्द गरी धर्नामा बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो