चुनावी माहोल राम्रो छ : गोविन्द भट्टराई
_CyMdjtccNv.jpg)
काठमाडौँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले चुनाव जित्ने दाबी गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले चुनावी माहोल राम्रो भएको बताउँदै चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘तनहुँका जनता लोकतन्त्रको पक्षमा भएकाले जित निश्चित छ। हिजो पनि जनताकै बीचमा थिएँ, अहिले पनि छु। भोलि पनि जनताबीचमै रहनेलाई जनताले पत्याउँछ्न्।’
संसद कानुन बनाउने थलो भएकाले मतदाताले राम्रा मान्छेलाई पहिचान गरेर मतदान गर्नुपर्ने उनको भनाइ छ । ‘निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ । यो लोकतन्त्रवादीको किल्ला हो र हामीले उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौँ। त्यसैले जनमत हाम्रो पक्षमा छौं,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा पोलटिकल स्टन्ट गरेको भट्टराईको आरोप छ । ‘पुराना गाडी ल्याएर आफैंले ढुंगा हानेर फुटालेर पोलटिकल स्टन्ट गरेकोे देखिहाल्नु भयो,’ भट्टराईले रास्वपाप्रति लक्षित गर्दै भने, ‘राजनीति लामो यात्रा हो,समयको पर्खामा सबै मानिसहरु निखारिँदै जानुपर्छ ।’ मौन अवधिमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बाबु चढ्ने गाडी तोडफोड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु