काठमाडौँ । प्रतिनिधिसभा सदस्य रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आइतबार मतदान भएको छ । तनहुँ–१, बारा–२ र चितवन २ मा उपनिर्वाचन भएको हो ।
तीन वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जनाएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो ।
चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
प्रतिक्रिया