कैलालीमा जिप दुर्घटना, एक जनाको मृत्यु
शनिबार, ०९ वैशाख २०८०, १७ : ४२

कैलाली । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ । घाइते सबैको माया
मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन
-
साबिक विजेता लेभरकुजेनलाई स्तब्ध पार्दै फाइनलमा पुग्यो तेस्रो श्रेणीको क्लब आर्मिनिया
-
उच्च युरिक एसिड छ ? भुलेर पनि नखानुस् यी ४ चीज
-
चलचित्र विकास बोर्डका सदस्य लोहनीलाई परिवर्तन नेपाल सम्मान
-
कुलमान र हितेन्द्रदेवको रिटमाथि आज पनि सुनुवाइ
-
ब्युटिसियन ट्यालेन्ट नेपालका प्रतियोगीले देखाए ट्यालेन्ट