गण्डकी प्रदेश
विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले भने– जनताले हामीलाई चिनेका छन्, गल्ती गरे दण्डित गर्छन्
शनिबार, ०९ वैशाख २०८०, १६ : ३६

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमाले फल दिइरहने वृक्ष भएको बताएका छन् । शनिवार प्रदेश सभामा विश्वासको मत माग्दै अधिकारीले फल दिइरहने वृक्ष भएकाले एमालेले शीतलता पनि दिइरहने बताएका हुन् ।
उनले नेकपा एमालेलाई जनताले चिनेको र गल्ती गरे जनताले नै दण्डित गर्ने पनि बताए । ‘हाम्रो पार्टी नेकपा एमाले र सम्बद्ध हामी फल दिइरहने वृक्ष हौ, शीतलता पनि दिएका छौ, दिइरहने छौ । जनताले हामीलाई चिनेका छन् र गल्ती गरे दण्डित गर्छन्’, अधिकारीको भनाइ छ । उनले सङ्घीयताको मर्मअनुसार नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र सम्मृद्धितर्फ प्रयत्नरत आफू नेतृत्वको सरकालाई विश्वासको मत दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा