कम्युनिष्ट पार्टीहरुमा वैचारिक समस्या बढ्यो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले विचार धारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीहरुमा बढेको बताए ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टीहरुको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो । विचारधारात्मक सांस्कृतिक समस्या हो । यो वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्छ ।’
हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने उनले बताए ।
श्रेष्ठले भने, ‘यो हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र त्यो ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै हामीले तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्नसक्छौँ । अन्यथा त्यो कार्यभार पूरा हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क