साँखुमा एकैपटक चारवटा टिपर ठोक्किए
शनिबार, ०९ वैशाख २०८०, १४ : १८
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका ती टिपर आपसमा ठक्कर खाएका हुन् ।
बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरी कार्यालयकी प्रमुख फूलमाया घिसिङले रातोपाटीलाई जानकारी दिइन् । दुर्घटनामा एकजना चालक सामान्य घाइते भएका छन् ।
एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३–०१–००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् । घाइते एक सवारी चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन