अख्तियारको कार्यक्षेत्रमा निजी क्षेत्रलाई समेट्ने तयारी, चेम्बरको ध्यानाकर्षण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्ने सरकारको तयारीप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ ।
अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकूल नहुने र समग्र उद्योगी व्यवसायीको मनोबल घटाउने ठहर गर्दै चेम्बरले विरोध गरेको हो ।
निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकायहरू हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा बेथिति बढ्ने र उद्योगी व्यवसायीहरू हतोत्साहित हुने चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै वैदेशिक लगानी समेत प्रभावित हुने देखिन्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक उत्पत्ति हुँदा त्यस्तो व्यवस्था नभएको चेम्बरले स्पष्ट रूपमा ध्यानाकर्षण गराएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्था समावेश गरी राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाएको प्रति चेम्बरको गम्भीर असहमति छ, ।’
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अख्तियारको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई समावेश गर्न नहुने बताउँदै भने, ‘संशोधन विधेयकमा उल्लेखित बैङ्क, वित्तीय संस्था, उद्योग, पब्लिक कम्पनी, स्वास्थ्य संस्था लगायतका क्षेत्रलाई अख्तियारको दायराभन्दा बाहिर राख्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान