अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको औषधि मिफेप्रिस्टोनमाथिको प्रतिबन्ध हटायो

अमेरिकाको सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण निर्णयमा गर्भपतन गर्ने लोकप्रिय औषधि मिफेप्रिस्टोनलाई फेरि बेच्न अनुमति दिएको छ। साथै यस सम्बन्धमा चलिरहेको मुद्दालाई निरन्तरता दिने बताएको छ ।
यस निर्णयमा, अदालतले यथास्थिति पुनर्स्थापित गर्दै गर्भपतन अधिकार समर्थकहरूलाई तत्काल राहत दिएको छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलापछि अब मिफेप्रिस्टोनको स्वीकृतिमा रोक लगाउने विषय अदालतमा अगाडि बढ्न सक्नेछ । जसका कारण फेरि सर्वोच्च अदालत जाने सम्भावना छ ।
केही हप्ता अघि, टेक्ससको एक स्थानीय अदालतले वर्षौँ अघि लोकप्रिय गर्भपतन औषधि मिफेप्रिस्टोनको एफडीएको स्वीकृतिलाई रोकेको थियो ।
विज्ञहरूका अनुसार यस विषयमा अदालतको निर्णय जेसुकै आए पनि त्यसको दूरगामी प्रभाव पर्ने देखिन्छ ।
गत वर्ष जुनमा, सर्वोच्च अदालतले ६–३ को ऐतिहासिक निर्णयमा गर्भपतनलाई कानुनी रूपमा मन्जुरी दिने सन् १९७३ रो भर्सेज वेड निर्णयलाई उल्ट्याएको थियो ।
त्यसपछि अमेरिकामा भीषण प्रदर्शन भएको थियो ।
रो भर्सेज वेड मामिलामा सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिएको थियो र संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलको फोल्डिङ फोनबारे फेरि चर्चा, कहिले आउला ?
-
आईसीसीको नयाँ एकदिवसीय वरीयतामा पछि परे नेपाली खेलाडी
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु