यस्तो छ तनहुँ, चितवन र बारा उपनिर्वाचनको नमुना मतपत्र

काठमाडौँ । वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन अन्तर्गत यतिबेला मौन अवधि जारी छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतदान हुँदैछ । उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र लगायतका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
तनहुँमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ भने चितवनमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यस्तै बारामा सबैभन्दा धेरै ३४ जना उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । मतदानपूर्व निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक समेत गरेको छ ।
नमुना मतपत्रमा राजनीतिक दलले संसदमा पाएको स्थानमा आधारमा क्रमशः चुनाव चिन्ह राखिएको छ । यो उपनिर्वाचनको मतपत्रमा माओवादी केन्द्रको भने चुनाव चिन्ह रहेको छैन । गठबन्धन दललाई माओवादीले सघाएर उम्मेदवारी नदिएका कारण ३ क्षेत्रको उपनिर्वाचनको मतपत्रमा माओवादीको उपस्थिति छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ