दस हाइकु

१
अधुरै स्वप्न
तिलचाम्ले कपाल
विदेशी ठाउँ ।
२
सम्झियो घर
सक्दैन उडाउन
मनको पङ्ख ।
३
कल्पेर बस्यो
प्रेयसीको सम्झना
बगेछ आँसु ।
४
ऋणको भारी
खाडी लोकको राप
श्रमको कैद ।
५
उडेको धुँवा
सरकारी मोटर
खाडीको स्वाद ।
६
वरदान हो
सामाजिक संजाल
टाढाको भेट ।
७
तातो फलाम
तान्न त मन छैन
पुग्दैन खान ।
८
पराई देश
बस्न त मन छैन
डाक्ने कसले ?
९
चलि रहेछ
खाडीको पसिनामा
नेताको भोज ।
१०
देशको अर्थ
धानेको छ खाडी
मन्त्रीको फुर्ती ?
पोखरा–७ मासबार,
कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर