लघुकथा : बृद्धभत्ताको खुशी
आज उ बिहान सबेरै उठछ अनि नुहाई धुवाइ गर्छ । छिटै पूजापाठ गर्छ । जबकि अरु दिन त उसले निकै लामो पूजापाठ गर्दथ्यो ।
लाग्छ, आज उसलाई कुनै विशेष काममा जानु छ । आज उसकोे चालामाला देखेर बूढी अचम्ममा पर्छिन् ।
अँगेनामा खाना पकाउँदै बसेकी उसकी पत्नी उसको चालामाला मौन बनी हेरिरहेकी हुन्छिन् । अनि सुस्तरी एक्लै भुन्भुनाउँछिन्, ‘होइन, आज बूढालाई के भएछ ?’
यत्तिकैमा बूढा कराउँछन्, ‘ए बूढी, छिटो भात पका है । आज हामी दुबै टाढा जानु छ । समयमै पुग्नुपर्छ ।’
पत्नी अचम्ममा पर्छिन् । अनि प्रश्न गर्छिन्, ‘हैन बूढा, आज कताको साइत हो र ?’
बूढा भन्छन्, ‘आज हामी दुबै गाउँपालिकामा जानु छ नि । तिमी पनि तयार होऊ त ।’
बूढीले प्रतिप्रश्न गर्छिन्, ‘गाउँपालिकामा म किन जाने नि ?’
बूढा मुस्कुराउँदै भन्छन्, ‘आज त हाम्रो बृद्धभत्ता लिने दिन हो नि । कस्तो बिर्सेकी ?”
बूढीले हाँस्दै भन्छिन्, ‘ए हो त नि । म पनि कस्तो हुस्सु ? उमेर पुगेपछि यस्तै हुने रहेछ । हाम्रो आम्दानी भनेकै यही त हो । अरु केही सहारा छैन । यसैले नै गुजारा चलाउनु छ ।’
दुबै छिटै खाना खान्छन् । चुलो चौका गर्न कहिल्यै नसघाउने बूढाले आज सघाएकोे देखेर बूढी अचम्ममा पर्छिन् ।
बूढा बूढी आफूसँग भएको सुकिलो एकसरो लुगा लगाई घरमा ताला लगाइ बृद्धभत्ता लिन गाउँपालिकातर्फ लाग्छन् । आज दुबैैको मुहार पूर्णिमाको चन्द्रमा जस्तो चम्किलो देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने