हेल्लो खाडी

चारैतिरवाट समस्याले घेरेपछि
मनभरिका सपना पूरा गर्ने
रहर रहरमै सीमित हुँदो रहेछ
छोराछोरीको पढाई,
वुवा आमाको औषधि
श्रीमतीको तमाम सपना
यहाँ बसेर पूरा गर्न गाह्रो हुँदैछ ।
कैले बन्द हड्तालले सतायो
कैले कोरोनाले सतायो
अहिले आर्थिक मन्दीले सताउँदैछ
साथीभाइ इष्टमित्र सबै
धन हुँदा नजिक हुँदा रहेछन्
त्यसैले,
सानो सपना पूरा गर्न
हेल्लो खाडी म आउँदैछु ।
भन्नेले त खाडी भन्दै
नाक खुम्चाउँदा रहेछन्
तर मेरो सपना
मेरो सुन्दर भविष्य
मेरो परिवारको खुशी
आफन्तको निकटता
साथीभाइको सामिप्यता
छोरीको स्कुलको फि
आमाको औषधि
बा को जिम्मेवारीबाट
मुक्त हुने सपना
श्रीमतीको खुशी
मैले तिमीमा नै देखेको छु ।
यहाँ गर्नुपर्ने सबथोक गरिसके
धाउनुपर्ने सबै ठाउँ धाइसके
हात फैलाउनु पर्ने
सबै ठाउँ फैलाइसके
तर,
समयले सबैलाई चिन्ने मौका दियो
को आफ्नो को पराइ छुट्ट्याइ दियो ।
भन्छन् सोझो रुख
जङ्गलमा पहिले काटिन्छ
सायद सोझो हुनुको परिणाम होला
आवश्यकतामा मात्र
प्रयोग गर्दा रहेछन्
त्यसैले,
सानो खुशी पूरा गर्न
हेल्लो खाडी
मनभरी सपना बुनेर आउँदैछु ।
सपना बुनेर आउँदैछु ।।
देवदह–८, रुपन्देही
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म