काठमाडौं । पछिल्लो समय प्रविधिको विकास भएसँगै महिना नपुगी जन्मेका बच्चालाई जोगाउन सकिन्छ । पहिला–पहिला समय नपुगिकन जन्मिने बच्चालाई बचाउन धेरै गाह्रो हुन्थ्यो । पछिल्लो समय नयाँ प्रविधिका रुपमा एनआइसीयू, पीआइसीयूमा राखेर २८ हप्ताभन्दा कम समयमा जन्मेका बच्चालाई बचाउन सकिन्छ ।
यसरी करिब ५० प्रतिशत बच्चालाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । यस्तै, ३३ हप्तामा नन्मिएको बच्चा ८० देखि ९० प्रतिशतसम्म बचाउन सकिन्छ ।
चिकित्सकहरूका अनुसार ३७ हप्तापछि जन्मेको बच्चाको जन्म स्वाभाविक मानिन्छ । तर, ३७ हप्ताभन्दा कम समयमा जन्मिएमा ‘प्रिमेच्यूअर’ जन्म हो । यसरी समय नपुगिकन जन्मिएका अधिकांश शिशुमा आँखासम्बन्धी ‘आरोपी’ रोग लाग्ने पाटन अस्पतालका आँखा रोग विशेषज्ञ डा.रञ्जना शर्मा बताउँछिन् ।
विशेष गरी ३४ हप्ताभन्दा कम समयमा जन्मिएको बच्चा, कम तौल भएका बच्चाहरूमा आँखाको रेटिनाका नसाहरू राम्रो विकास नभएर आँखालाई असर पुर्याउने खालको नसाको विकासका हुने डा. शर्माले बताइन् ।
नराम्रो खालको नसा बढ्दा आँखाको पर्दा फाट्छ । त्यसपछि बच्चाले आँखा नदेख्ने अर्थात् अन्धोपन हुने उनको भनाइ छ । त्यसलाई नै ‘रेटिनोप्याथी प्रिमेच्यूअर’ भनिने उनले बताइन् ।
कति हप्ताको शिशुमा आरोपी रोग लाग्छ ?
जन्मसमय नपुगी जमिएका बच्चाको अनिवार्य रुपमा आँखामा आरोपी रोग भए–नभएको थाहा पाउन परीक्षणको विकल्प नभएको आँखा रोग विशेषज्ञ अञ्जना शर्मा अनुसार बताउँछिन् । यदि बच्चाको आँखाको स्क्रिनिङ भएन भने बच्चा अन्धो हुन सक्ने उनले बताइन् । २८ हप्ताभन्दा कम समयमा जन्मिएका बच्चामा ९० प्रतिशत आरोपी रोग हुने सम्भावना हुन्छ । यस्तै, ३४ हप्तामा जन्मेको बच्चामा ३५ देखि ४० प्रतिशतसम्म आरोपी हुने गर्छ ।
१७५० ग्रामभन्दा कम तौल अथवा चौतीस हप्ताभन्दा कम समयका जन्मिएका शिशुको अनिवार्य रुपमा आरोपी स्क्रिनिङ गर्नुपर्छ ।
यद्यपि बच्चा १७५० ग्रामभन्दा माथि तौल छ र ३४ हप्ताभन्दा बढीमा जन्मिए पनि आरोपीको स्क्रिनिङ गर्नुपर्ने उनको भनाइ छ ।
आरोपीको पहिचान तरिका
शिशुको आँखामा आरोपी रोग भए–नभएको पाउने तरिका नै पहिचान हो । आरोपी पहिचानका लागि मुख्यतः स्क्रिनिङ नै गर्नुपर्ने हुन्छ । पाटन अस्पतालमा समय नपुग्दै वा अन्य कारणले एनआइसीयूमा रहेका बच्चाको आँखाको नानीमा ४५ देखि १ घण्टासम्म नानी फुलाउने औषधि राखिन्छ । त्यसपछि इन्डाइरेक्टर अफथल्मकोसबाट रेटिना हेरिन्छ ।
रेटिना कुन स्टेज छ भनेर पहिचान गरिन्छ । यसरी जवसम्म बच्चा जन्मने उमेरसम्म पुग्दैन, तब एनआइसीयूमा भएको बच्चाको आँखाको रेटिनाको अवस्थाबारे परीक्षण गरिने उनले बताइन् । प्रिमेच्यूअर बच्चालाई ४० हप्तासम्म स्क्रिनिङ गरिने उनको भनाइ छ ।
परीक्षणका क्रममा रेटिनाको स्टेज आयो भने तुरुन्तै उपचार गरिन्छ । यदि रेटिना ४० हप्तासम्म राम्रोसँग विकास भएको छ भने परीक्षणलाई बन्द गरिने उनले बताइन् । उमेर नपुगी जन्मेको बच्चा अस्पतालमै कम्तीमा चार हप्ता अस्पतालमै बस्नुपर्ने हुन्छ । यद्यपि आरोपीको परीक्षण बच्चा जन्मेको एक महिनापछि गरिन्छ । यदि बच्चा चाडँै डिस्चार्च भएमा चिकित्सकहरूले अभिभावकलाई राम्रोसँग बुझाएर पठाउनुपर्छ ।
आरोपी रोग आमाले पत्ता लगाउन सक्दैनन्
आमा तथा परिवारले बच्चाको आँखामा आरोपी भए–नभएको पत्ता लगाउन नसक्ने डा. शर्माले बताइन् । जबसम्म आँखाको नानी फुलाएर चिकित्सकहरूले हेर्दैनन्, तबसम्म आरोपी भए–नभएको थाहा पाउन सकिदैँन । यद्यपि बच्चा ३÷४ बच्चा पुग्छ । अनि आरोपी रोग ५ औँ स्टेजमा पुगेपछि मात्रै आमा तथा परिवारले थाहा पाउन सक्ने उनले बताइन् ।
त्यस्तो बेलामा बच्चाले आमाको मुखमा हेरेर नहास्ने, उसको आँखा हल्लिरहेको हुने, फोकस नहुने भएमा मात्रै यो रोग लागेको पत्ता लगाउन सक्छन् । आरोपी हो भनेर पत्ता लगाए पनि उपचारका लागि धेरै ढिलो हुने भएकाले बच्चा अन्धो हुने जोखिम रहने डा. शर्माले बताइन् ।
आरोपीको उपचारको स्टेज के हो ?
शिशुलाई आरोपी लागे नलागेको पहिचान गर्ने बच्चा जन्मेको एक महिनाभित्र हो । त्यसअवधिमा आँखा जाँच्नु पर्छ । परीक्षणपछि बच्चाको आरोही कुन स्टेज पत्ता लगाएर उपचार गरिने डा. शर्माले बताइन् ।
–समयमै परीक्षण गरियो भने स्टेज वानमा उपचार गर्न सकिन्छ । त्यस समयमा उपचार चाहिदैँन, मोनिटरिङ गरेमात्रै पुग्छ । धेरै केस सामान्य अवस्था फर्किने गर्छन् ।
–स्टेज टु वा थ्रीमा पत्ता लगाएमा आँखाको सानोसानो नसामा रगत बनिरहेको अवस्थामा सामान्य अप्रेशन थिएटरमा राखेर इजेक्सन दिइ निको पार्न सकिन्छ । जब आँखाको नसामा देखिएको असामान्य रगत कम हुन थाल्छ, तब इन्जेसन रोकिन्छ । अनि शिशुले आँखा देख्न थाल्छ ।
–थ्री स्टेजमा इजेक्सनले निको पार्ने अवस्था नभएमा रेजरमार्फत नसामा रगत फैलिनबाट जोगाउन सकिन्छ ।
–चौथो स्टेजमा आँखाको नसामा रगत जमेर पनि नसा नै चुँडिने अवस्था पुगेको हुन्छ । रेटिना नै चुँडिएमा अप्रेसन गर्नुपर्ने हुन्छ ।
यदि एक महिनाभित्र आरोपीको पहिचान भएन र थ्री स्टेजभित्र पहिचान भएन भने शिशु सधैँका लागि अन्धो बन्ने डा. शर्माले बताइन् ।
प्रतिक्रिया