हावाहुरीका कारण आधाघण्टा उडान प्रभावित
शुक्रबार, ०८ वैशाख २०८०, १८ : ००

काठमाडौँ । आकस्मिक मौसम बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित हुन पुगेको छ । शुक्रबार दिउँसो २ बजेदेखि शुरु भएको मौसम अदलिबदली सहितको हावा हुरीका कारण लगभग ३० मिनेट हवाई उडान अवतरण प्रभावित हुन पुगेको त्रिभूवन विमानस्थलले जनाएको छ । तर अहिले वातावरण सहज भएसँगै स्थिति सामान्य बनेको विमानस्थलले जानकारी दिएको छ ।
खराब मौसमकाबीच ३० मिनेट उडान अवतरण दोहाबाट आएको कतार एयरवेज र दिल्लीबाट आएको एयर भिस्टारा विमान केही मिनेट आकाशमै होल्ड गर्नुपरेको विमानस्थल सूचना विभागले जानकारी दिएको छ । । अन्य उडानहरु भने प्रभावित नभएको विमानस्थलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल