मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार
शुक्रबार, ०८ वैशाख २०८०, १७ : ३२

काठमाडौंँ । साउथ फिल्मका सुपरस्टार अजितकुमार केही दिनदेखि नेपालमा छन् । सिरिज ‘मिराई’ को छायांकनका लागि नेपाल आएका हुन् । केही दिनअगाडि उनको ‘मिराई’ को छायांकन काठमाडांँमा भएको थियो । अजित अहिले भने मुक्तिनाथ पुगेका छन् । मुक्तिनाथ मन्दिरको अगाडि उनीसँग केही व्यक्तिले तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् । सिलगुडी हुँदै नेपाल आएका उनी धनुषा, झापा, काठमाडाैँ हुँदै मुक्तिनाथ पुगेका हुन् ।
अजितको नेपालमा ठूलो क्रेज छ । बाइक हाँकेर नेपाल आउने क्रममा उनीसँग बाटो–बाटोमा सेल्फी खिच्नेको भीड देखिएको छ । अजित ‘राइड फर म्यूचुअल रिस्पेक्ट’ अभियान अन्तर्गत बाइक चलाएर थाइल्यान्डदेखि युरोपसम्म पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?