काठमाडौँ । सामाजिक तथा समसामयिक कथामा निर्माण भएको टेलिश्रृंखला ‘सर्खारको सर’ अहिले प्रचारण भइरहेको छ । फिल्मको पर्दामा विभिन्न भूमिकाबाट दर्शकको मन जित्न सफल कलाकार रवीन्द्र झा श्रृखलाको मुख्य पात्र डाक्टरको भूमिकामा छन् ।
अघिल्लो महिनाबाट प्रसारणमा आएको श्रृखलाको अहिले ४ भाग प्रसारण भएको छ । ४ भागमै उनले डाक्टर भूमिकाबाट चर्चा पाउन थालेका छन् । डाक्टरको भूमिकाबाट छोटै समयमा चर्चा कमाउन आफू सफल भएको रवीन्द्रले बताए ।
‘फिल्म र टेलिभिजनका दर्शक छुट्टै हुँदा रहेछन्’ झाले भने ‘टेलिभिजनबाट छिट्टै चर्चा हँुदोरहेछ ।’ टेलिभिजनको चर्चा र लोकप्रियता बुझेर आफूले सिरियल अभिनय गरेको उनले सुनाए ।
‘सर्खारको सर’ प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुन गरेको छ । टेलिभिजनपछि डिएआर मुभिजको अफिसियल युट्युब च्यानलले श्रृखला सार्वजनिक गर्ने गरेको छ ।
श्रृंखलाका निर्देशन विनय राज पौडेल हुन् । ‘सर्खारको सर’ राजनीतिक विकृति–विसंगतिसँंगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको बताए ।
रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको श्रृंखलामा दीपक आचार्य, रवीन्द्र झा, सिपि पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सबिता खड्का, रमेश अधिकारी, बिरबल घले लगायतका कलाकारको अभिनय रहँदै आएको छ । राजेन्द्र बजगाईंको संगीत रहेको ‘सर्खारको सर’को कथा रघुनाथ सापकोटाले लेखेका हुन् ।
प्रतिक्रिया