बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

आईओएमविरुद्ध आमरण अनसन बस्ने स्ववियु सभापतिको घोषणा

शुक्रबार, ०८ वैशाख २०८०, १५ : १०
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । महाराजगन्ज मेडिकल कलेजका स्ववियु सभापति आनन्द कुमार सिंहले आमरण अनसन बस्ने घोषणा गरेका छन् । स्ववियुले विभिन्न १४ बुँदे माग अघि सारेको थियो । 

तर, ति माग सुनुवाइ नभएको भन्दै स्ववियु सभापतिले आमरण अनसन बस्ने घोषणा गरेका हुन् । स्ववियुले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, क्याम्पस प्रमुख लगायतलाई समस्या समाधानका लागि आग्रह गरेको थियो ।

मागबारे कुनै सुनुवाइ नभएपछि स्ववियुले तालाबन्दी गरेको थियो । तालाबन्दी गरेको धेरै दिन बितिसक्दा पनि समस्या समाधानका लागि गम्भीर नबनेको उनीहरूको आरोप छ ।

डीन कार्यालयले प्रा.डा. निर्जु रन्जितको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, वार्ता समितिले कुनै पनि अधिकार पाएको छैन । जसले गर्दा विद्यार्थीहरूले उठान गरेका मागहरू सम्बोधनका लागि अधिकारविहीन वार्तासमितिसँग वार्ताको गर्नुको अर्थ नरहेको सभापति सिंहले बताए ।

स्ववियुले लामो समयदेखि रहेको छात्रावासको समस्या हल गरी वैधानिकरणलार्य यथासिघ्र लागु गर्दै छात्राबासमा नाम निस्केका विद्यार्थीलाई कोठाको व्यवस्था मिलाउने, चिकित्सा शास्त्र अध्ययन संस्थानका विभिन्न शैक्षिक कार्यक्रमहरू समयभन्दा बढी लम्बिने लगायतका समस्या देखिएकाले सम्पूर्ण संकायको शैक्षिक क्यालेन्डर बनाएर लागु गर्नुपर्ने लगायतका १४ बुँदे माग अघि सारेर स्ववियु आन्दोलनमा उत्रिएको छ ।

क्याम्पससँग सम्बन्धित विषय उठान गर्दा क्याम्पस प्रमुख आफ्नो जिम्मेवारीबाट भाग्दै आएको स्ववियुको आरोप छ ।

त्यस्तै डीन कार्यालयसँग सम्बन्धित विषय उठान गर्दा डीन प्रा.डा. दिव्या सिंह समेत पन्छिँदै आएको सभापति सिंहको भनाई छ । जसले गर्दा विद्यार्थीका समस्या समाधान गराउन बाध्य भएर आमरण अनसनमा बस्नुपरेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप