रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो
शुक्रबार, ०८ वैशाख २०८०, १४ : ४४

रुसी लडाकु विमानले गल्तीले आफ्नै सहरमा बम खसालेको छ । रुसी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको छ । मन्त्रालयका अनुसार उसको आफ्नै विमानले युक्रेनको सिमानामा रहेको रुसी सहर बेलगोरोडमा बम खसालेको हो ।
क्षेत्रीय गभर्नर व्याचस्लाभ ग्लाडकोभले यस विस्फोटका कारण सहरको केन्द्रमा २० मिटर गहिरो खाडल बनेको बताएका छन् । यस विस्फोटमा दुई महिला घाइते भएका छन् भने धेरै भवनमा क्षति पुगेको छ ।
सु–३४ लडाकु विमानले भूलवश बम खसालेको मन्त्रालयले जनाएको छ । यो घटना बिहीबारको हो र यसको अनुसन्धान सुरु भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा यो विस्फोटका कारण केही अपार्टमेन्टमा क्षति पुगेको देखिन्छ ।
बेल्गोरोड युक्रेनको सिमानाबाट करिब ४० किलोमिटर टाढा छ र त्यहाँको जनसङ्ख्या ३,७०,००० छ । यो युक्रेनको दोस्रो ठुलो सहर खार्किवको उत्तरमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?