१२ वटा आंगिक क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिएका हुन् । उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन ।
त्यस्तै उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेको छैन । ‘सधैँ निर्वाचनकै पछि लाग्न सकिँदैन । परीक्षा चलिरहेका छन् । पढाई गर्नुपर्यो । सधैँ निर्वाचनको पछि लागेर बस्न सकिने अवस्था हुँदैन । बाँकी कलेजमा निर्वाचन गराउन सकिँदैन’ अधिकारीले भने ।
चैत ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो । चार विद्यार्थी सङ्गठनहरूले नै चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, विद्यार्थी सङ्गठनहरूको आ आफ्नै अडानका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।
त्रिविको नियमअनुसार तोकिएको मितिमा निर्वाचन नभएका क्याम्पसहरूमा एक महिनाभित्रमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, वैशाख ८ गतेसम्म पनि बाँकी क्याम्पसहरूमा निर्वाचन हुन सकेको छैन । त्रिविले अब स्ववियु निर्वाचनको च्याप्टर क्लोज भइसकेको जनाएको छ । तर, विद्यार्थी सङ्गठनहरू भने वैशाख १० गतेको उपनिर्वाचनपछि स्ववियु निर्वाचन गराउनुपर्ने मनसायमा छन् । त्रिविले भने आफूले अब निर्वाचनका विषयमा केही पनि नगर्ने प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त