सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

शुक्रबार, ०८ वैशाख २०८०, १३ : ४३
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ ।  वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट मनकामना जाने केबलकारले सेवा दिँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल हुने देखिएकाले एक दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । 

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको थियो ।  मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ ।
वैशाख ११ गते देखि भने केबलकार पुन: सञ्चालनमा आउने प्रालिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप